बढ्यो सुनचाँदीको मूल्य

15.6k Shares

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो सातामा सुनको मूल्य ह्वात्तै बढेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३० हजार रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २९ हजार ४०० रुपैयाँ थियो । यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३२ हजार ७०० रुपैयाँ छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३२ हजार ५० रुपैयाँ छ । यो साता नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो । साताको विहीबार सुनको मूल्य तोलामा १ लाख ३४ हजार रुपैयाँसम्म पुगेको थियो । यो अहिलेसम्मकै सबैभन्दा उच्च हो । यसअघि यो मूल्यमा सुनको कारोबार भएको थिएन ।

सम्बन्धित समाचार