आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

7.3k Shares

काठमाडौं, २२ वैशाख । बर्दिया, बढैयाताल गाउँपालिका-३ गोब्रेपुर बस्ने ६० वर्षीय दुखिराम खटिकको घर र
गोठमा गए राति आगलागी हुँदा करिब १२ लाख रूपैयाँ बरबारको धनमाल जलेर नष्ट भएको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका-३ रानितलाउ बस्ने बरकाट अलिको बरकाट किराना पसल तथा फेन्सी स्टोरमा गए राति आगलागी हुँदा पसलमा रहेका फेन्सी कपडा,कस्मेटिक सामान, सिलिङ पंखा लगायतका सामान जलेर करिब ६० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बारा, कलैया उपमहानगरपालिका-१८ मनगढवा बस्ने सहदेव महतोको गोठमा गए राति आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बर्दघाटस्थित प्रतापपुर गाउँपालिका-२ पर्सौनी घर भएका ४० वर्षीय दिपेन्द्र गौडको महा शिवरात्री ईलेक्ट्रिक पसलमा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा करिब २ लाख १६ हजार रूपैयाँ बराबरको धनमाल
जलेर नष्ट भएको छ ।

झापा, शिवसताक्षी नगरपालिका-९ चिल्लागढस्थित चिल्लागढ बैंकडाँडा सडक कालो पत्रे गर्ने क्रममा ना.८ ख १३६४ नम्बरको अलकत्रा बोक्ने ट्रकमा आइतबार दिउँसो आगलागी हुँदा ट्रकको पछाडिको भाग जलेर करिब १८ लाख रूपैयाँ बराबरको क्षति भएको छ ।

कञ्चनपुर, भीमदत्त नगरपालिका-४ कबडहल बस्ने भवानी दत्त भट्टको चिया पसलमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा करिब २ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार