आज अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदै

8.9k Shares

काठमाण्डौ – आज अन्तर्राष्ट्रिय ज्याज दिवस, सन् २०११ को नोभेम्बरमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक सङ्गठन (युनेस्को) को महासभाले एप्रिल ३० लाई अन्तर्राष्ट्रिय ज्याज दिवसका रूपमा मनाउने घोषणा गरेअनुसार आज यो दिवस विश्वभर मनाइन्छ ।

विभिन्न वाद्ययन्त्रहरूको सुमधुर धुनयुक्त ज्याज सङ्गीत २०औं शताब्दीको शुरूदेखि प्रचलनमा आएको हो ।

पश्चिमा देशका युवा पुस्तामाझ यो सङ्गीत लोकप्रिय छ । अन्तरसांस्कृतिक संवाद, मानव अधिकार र मानव मर्यादाको सम्मान, भेदभाव उन्मूलन, अभिव्यक्ति स्वतन्त्रता तथा लैङ्गिक समानता प्रवर्द्धन र सामाजिक परिवर्तनका लागि युवाहरूको भूमिकालाई सुदृढ पार्न यो दिवस मनाउने गरिन्छ ।

ज्याजले एकता, पारस्परिक समझदारी र सहिष्णुताका लागि अवसर सिर्जना गर्ने, सीमान्तकृत समाजका युवालाई सशक्त बनाउने, परम्परागत सङ्गीतलाई नयाँ रूपमा प्रस्तुत गर्न प्रोत्साहित गर्न योगदान पुग्ने युनेस्कोले जनाएको छ ।

सम्बन्धित समाचार