लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झण्डा

7.8k Shares

काठमाडौँ, वैशाख १४ गते । सशस्त्र प्रहरी जवान विजय जंंगमले लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झण्डा फहराउनु भएको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सह प्रवक्ता शैलेन्द्र थापाले उहाँले आइतबा बिहान ७ः१२ बजेको समयमा ६ हजार १ सय मिटर अग्लोे हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउनुभएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सशस्त्र प्रहरी जवान विजय जंंगम लोबुचे हिमाल आरोहणका लागि यही वैशाख २ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।   

पछिल्लो समय सशस्त्र प्रहरी बल नेपालले उच्च हिमाली भेगहरुमा खोज तथा उद्धार गर्नसक्ने जनशक्तिको विकासमा तथा उत्तरी सीमानामा सशस्त्र प्रहरी बलको परिचालनमा जोड दिँदै आइरहेको छ । मनाङ जिल्लामा रहेको पर्वतीय उद्धार तालिम शिक्षालयमा समेत हिमाली खोज तथ उद्धार गर्नसक्ने जनशक्ति उत्पादनको लागि तालिम सञ्चालन भइरहेको छ ।

सम्बन्धित समाचार