डुबेर मृत्यु

9.3k Shares

काठमाडौं, १४ वैशाख । सर्लाही, मलंगवा नगरपालिका-२ स्थित नासी पोखरीमा डुबेर सोही नगरपालिका-३ बस्ने श्रीराम यादवको छोरा ३ वर्षीय अभिराज यादवको शनिबार साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो।
सप्तरी, बोदेबरसाइन नगरपालिका-१ मनहौरी बस्ने उमेश यादवको छोरा ४ वर्षीय सुजल यादवको सोही ठाउँस्थित पोखरीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार