सवारी दुर्घटनामा एक जनाको मृत्यु

7k Shares

मोरङ, १२ वैशाख । सुन्दरहरैँचा नगरपालिका-१ हरैँचा चोकस्थित सडकमा ना.१ क ६२७० नम्बरको टिपरले प्र.१-०२-०५३ प ७०१० नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी दुहवी नगरपालिका-९ बस्ने ४० वर्षीय महमद हासिम मियाको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार