काठमाडाैँ । मिति २०८२।०१।०३ गते वेलुका ५:२३ बजेको समयमा का.जि. गोठ्ठाटार पहेंलो पुल नजिक मन्दिर अगाडी शर्मिला वाईवा भन्ने शर्मिला राईलाई ज्यान मार्ने उद्देश्यले फलामको रड प्रहार गरी गम्भीर घाईते बनाएको छन् ।
प्रहरी वृत्त बानेश्वर काठमाण्डौंमा ज्यान मार्ने उद्योग कसूरमा जाहेरी दरखास्त दर्ता भई सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त हुन आएपछि वारदात पश्चात फरार रहेका प्रतिवादीहरु मध्य निम्न नाम थर वतन भएका मुख्य प्रतिवादीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी प्रहरी वृत्त बानेश्वर पठाईएको छ ।
पक्राउ परेकामा जिल्ला मकवानपुर हेटौडा उप.म.न.पा.वडा नं. ०३ की शर्मिला श्रेष्ठ भन्ने शर्मिला राईलाइ जिल्ला ललितपुर महालक्ष्मी न. पा . वडा नं. ०४ बाट र जिल्ला भक्तपुर चाँगुनारायण न.पा.वडा नं. ०८ बाट ४२ (वर्ष) बाबु भन्ने कुवेर सिलवाल पक्राउ परेका छन् ।


