6.1k
Shares
काठमाडाैँ। बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका विदेश पठाउने भनी रुकुम पश्चिम बाँफिकोटका ३८ वर्षे आदर्श के.सी., ललितपुर गोदावरीकी २७ वर्षे बिनिता पुरी, रुकुम पश्चिम आठबिसकोटका ३८ वर्षे ईन्द्र कुमार रोकाय र काभ्रेपलाञ्चोक चौरीदेवरालीकी ३२ वर्षे तारा गिरीले ठगी गरेकाे खुलेकाे छ ।
रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा उनीहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको छ।



