विद्युत् पोलमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु

6.1k Shares

वीरगन्ज । पर्सामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मोटरसाइकल पोलमा ठोक्किएर भएकाे  दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा पर्साकै जिराभवानी गाउँपालिका– २ का ३० वर्षीय बिहारी राम रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सुवास भट्टले बताए । उनका अनुसार जिराभवानी गाउँपालिका–२ सडक खण्डमा रहेको विद्युत् पोलमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना हुँदा गम्भीर घाइते रामको उपचारको लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार ग ५ प ८३१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।  दुर्घटनामा जलेश्वरका राम भने भन्ने व्यक्ति गम्भीर घाइते भएको पर्सा प्रहरीले जनाएकाे छ ।  रामको अवस्था चिन्ताजनक रहेको बताइएकाे छ । उनको वीरगन्जको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार