नयाँ वर्षमा ‘हेल्लो काँशीराम’ को टिजर सार्वजनिक

7.9k Shares

काठमाडौँ । आगामी जेठ २ गतेबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउने चलचित्र ‘हेल्लो काँशीराम’ को टिजर सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर सार्वजनिक टिजर २ मिनेट ४ सेकेन्डको छ ।

टिजर देशको व्यथितिमाथि तिखो व्यङ्ग्य गरेर तयार पारिएको छ। टिजर हेरिसकेपछि  यस चलचित्रमा नेपालको राजनीतिमा बाहिरी मुलुकहरूको हस्तक्षेपलाई नजानिँदो तरिकाले व्यङ्ग्य गरिएको बुझ्न सकिन्छ । टिजर हेर्नेहरूलाई नेपालमा शासन गर्ने नेताहरूले बाह्य हस्तक्षेपकर्तालाई देउता मानेर पूजा गर्ने प्रवृत्तिमाथि यस चलचित्रले राम्रैसँग कटाक्ष गरेको अड्कल काट्न खासै गाह्रो पर्दैन । 

टिजरमा दिलीप रायमाझीलाई एक जना पीडित बेरोजगार युवाको रूपमा प्रस्तुत गरिएको छ, जसले बेरोजगार युवाहरूको प्रतिनिधित्व गरेका छन्। रेडलाइन फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन्, उनी पुराना निर्देशक हुन् । यस चलचित्रलाई पीवी थापाले लगानी गरेका हुन् ।

यम आले डीओपी, मित्र डी.गुरुङ सम्पादक तथा रङ्ग संयोजक रहेको चलचित्रमा दिलीप रायमाझीसँगै वरिष्ठ कलाकारहरू सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेर राई ‘फुलन्देको आमा’, भगेरी डन, नवज्योति रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायतका कलाकारहरूको चलचित्रमा अभिनय देख्न सकिने निर्माण टिमले जनाएको छ । 

सम्बन्धित समाचार