8.9k
Shares
कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले विद्यालय भर्ना अभियानका लागि जनप्रतिनिधिलाई खटाउने भएको छ ।
नगरपालिकाको कार्यपालिका बैठकले वडागत रूपमा अभियानलाई सफल बनाउन सामुदायिक विद्यालयमा भर्नाका लागि जनप्रतिनिधि खटाउने निर्णय गरेको थियो ।
शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत अनिता ठगुन्नाका अनुसार मेयरदेखि वडा सदस्यसम्मलाई अभियानका लागि वडागत रूपमा जिम्मेवारीसहित खटाइएको छ ।
नगरपालिका क्षेत्रमा रहेका ३२ वटै सामुदायिक विद्यालयमा भर्ना अभियानका लागि खटिने जनप्रतिनिधि र कर्मचारीको नामावली तयार गरी जिम्मेवारी तोकिएको छ ।