काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ४१ पैसा र बिक्रीदर १३९ रुपियाँ ०१ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १५३ रुपियाँ २९ पैसा र बिक्रीदर १५३ रुपियाँ ९५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७८ रुपियाँ ८९ पैसा र बिक्रीदर १७९ रुपियाँ ६७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रुपियाँ २८ पैसा र बिक्रीदर १६५ रुपियाँ कायम भएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ५२ पैसा र बिक्रीदर ८५ रुपियाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ३९ पैसा र बिक्रीदर ९८ रुपियाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ५५ पैसा र बिक्रीदर १०४ रुपियाँ निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ५१ पैसा र बिक्रीदर नौ रुपियाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ८८ पैसा र बिक्रीदर १८ रुपियाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८७ पैसा र बिक्रीदर ३७ रुपियाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९७ पैसा र बिक्रीदर ३८ रुपियाँ १३ पैसा कायम भएको छ।