विदेशबाट फर्केर च्याउखेतीमा लामा

9.6k Shares

मकवानपुरगढी । मकवानपुरको मनहरी गाउँपालिका –२ का ४६ वर्षीय रामकुमार लामाले च्याउ खेतीलाई जीविकोपार्जनको माध्यम बनाउनुभएको सात वर्ष भयो । 

सात वर्षअघि विदेशबाट फर्किएर देशमै बसेर खेती किसानी गरी परिवार सम्हाल्ने सोच बनाएपछि हेटौंडा –८ कमानेमा १० कठ्ठा जमिन भाँडामा लिएर उहाँले च्याउ खेती सुरु गर्नुभएको हो । 

पन्ध्र लाख रुपियाँ लगानी गरी सुरु गरेको च्याउ खेतीबाट वार्षिक ६० लाख आम्दानी हात पार्ने गरेको लामा सुनाउनुहुन्छ । आम्दानीले चार संख्याको परिवार पालिएको उहाँ बताउनुहुन्छ । 

गत २०७८ सालमा बन्दीछोड एग्रीकल्चर प्रालिको नाममा फर्म दर्ता गरेर सुरु भएको खेती अहिले १६ वटा टनेलमा च्याउ फल्ने गरेका छन् । हेटौंडामा मात्र नभएर बुटवल, काठमाडौं र नारायणघाटसम्म पनि च्याउ बिक्री हुनेगरेको उहाँ बताउनुहुन्छ ।

सम्बन्धित समाचार