नक्कली प्रेसपास वाला प्रशासनको निगरानीमा

18k Shares

काठमाडौ । कारोना संक्रमण बढ्दै गएपछि सरकारले राजधानी लगायत देशका बिभिन्न भागमा निषेधाज्ञा लागू गरेपछि नक्कली प्रेस कार्ड देखाउँदै निर्धक्क हिँडडुल गर्नेका संख्या बढेर गएको छ । 
नक्कली प्रेस पासको बिगबिगी बढेपछि सुरक्षा निकायले अहिले नक्कली प्रेस पास बोक्नेमाथि कारवाही अगाडि बढाएको छ । प्रहरीले नक्कली कार्ड बनाउनेमाथि निगरानी राख्ने र त्यस्ता कार्ड बनाउनेमाथि कारवाही पनि शुरु गरेको छ । महानगरीय अपराध महाशाखाले बागबजारमा छापा मारेर नक्कली कार्ड बनाउने गिरोहलाई पक्राउ गरेको जानकारी गराएको छ ।
 

सम्बन्धित समाचार