थारु समुदायकाे मौलिक ‘छोक्रा’ नाच सङ्कटमा

9.6k Shares

दाङ । थारु समुदायको बिहे हुनेबेला होस् या दुलही ‘पठलरी’ लाई पठाउन आएकोबेला होस् या कुनै नयाँ कामको थालनी किन नहोस्, त्यसको अवसर पारेर थारु समुदायमा नाचिने चर्चित नाच हो ‘छोक्रा नाच’ । तर अचेल थारु समुदायमा छोक्रा नाच लोप हुँदै गएको छ । 

पहिला पहिला थारु गाउँमा कसैको घरमा दुलही ‘पठलरी’ पठाउन आउने खबर गाँउमा हल्ला मात्र हुन साथ साँझ पख पठलरी आउने घरमा गाउँका सवै युवायुवतीहरु पठलरी नआउँदै छोक्रा नाच सुरु गरिन्थ्यो । तर अचेत छोक्रा नाच नाच्ने ठाउँमा डिजे बज्छ, या त सुनसान हुन्छ, ख्याल बगालका अध्यक्ष सवि थारुले बताउनुभयो । "पहिला पठलरीलायृ स्वागतका लागि आआफ्नो गाउँको छोक्रा नाच देखाउने चलन थियो", उहाँले भन्नुभयो, "तर अचेल त्यो छैन, अहिले लगभग थारु समुदायमा छोक्रा नाच लोप भएको अवस्था छ ।" 

उहाँका अनुसार थारु मौलिक संस्कृतिमा आधारित छोक्रा नाच थारु समुदायमा परम्परागत देखि नाचिँदै आएको एक मौलिक संस्कृति हो । "छोक्रा नाचको आफ्नै विशेष्ता, श्रेष्ठता संस्कृति छ", अध्यक्ष थारुले भन्नुभयो, "यो नाचमा युवा र युवतिको बिचमा दोहोरी हुन्छ, माया प्रितीका शब्दसँगै आफ्नो लोक भाकामा गाउँबस्तिका घटना परिघटनालाई गीतमा उजागर गरिन्छ ।"

थारु समुदायको मौलिक छोक्रा नाच लोप भइरहेको चिन्ता व्यक्त गर्दै उहाँले यो नाचलाई युवा पुस्ताले संरक्षण र प्रवर्द्धनका लाग्नुपर्ने उहाँले बताउनुभयो । "हिजाेआज छोक्रा नाच नाच्ने चलन हराएको छ", उहाँले भन्नुभयो, "यसलाई पुनस्थापित गर्न अब थारु गाउँमा हुने विहे तथा अन्य अवसर पारेर भएपछि छोक्रा नाचलाई जोगाउनतिर लाग्नुपर्छ ।"

सम्बन्धित समाचार