तीनकुने घटना नियोजित भएको समाजवादी मोर्चाको निष्कर्ष

7.9k Shares

काठमाण्डौ – काठमाण्डौको तीनकुने क्षेत्रमा गएको शुक्रवार भएको राजावादीको हिंसात्मक प्रदर्शन नियोजित भएको समाजवादी मोर्चाले निष्कर्ष निकालेको छ ।

बिहान बसेको मोर्चाको बैठकले घटना नियोजित भएको र यसको सम्पूर्ण क्षतिपूर्ति पूर्वराजा शाहले बेहोर्नुपर्ने निष्कर्ष निकालेको हो । सरकारले राजावादीहरूको योजनाबद्ध कार्यक्रमलाई कम आँकेको र त्यस घटनाको मूल्याङ्कन गरेर सरकारी संयन्त्र परिचालन गर्न चुकेको ठहर पनि गरेको छ ।

मोर्चाले दोषीमाथि कारबाही र भएका क्षतिको घटनामा संलग्नहरूबाटै क्षतिपूर्ति भराउन सरकारसँग माग गरेको छ । बैठकले गणतन्त्रको रक्षाका निम्ति सशक्त भूमिका निर्वाह गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित समाचार