ढोरपाटनमा यसवर्षको दोस्रो शिकार याम : १३ नाउर, १० झारल र १२ बँदेलको शिकार गरिने

8k Shares

बाग्लुङ – धौलागिरी हिमश्रृंखला भित्र बाग्लुङ, रुकुम र म्याग्दीमा फैलिएको नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो शिकार याम चलिरहेको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको शिकार गरिने भएको हो ।

वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गएको माघ १५ मा शिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो । दोस्रो याममा शिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छ वटा कम्पनीले अनुमति पाएका छन् ।

वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका शिकारी ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा शिकार खेल्न आउन थालेका छन् । ढोरपाटन शिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीका अनुसार दोस्रो याममा आउँदो वैशाख १६ गतेसम्म शिकारीले सिकार खेल्न पाउने छन् ।

अहिलेसम्म दुई नाउर मात्र शिकार भएको उहाँले बताउनुभयो । रेन्जर सुवेदीका अनुसार हिमालयन वाइल्डलाइफ आउटफिर्टसले शिकारीमार्फत दुई नाउर र दुई बँदेल शिकार गर्न अनुमतिपत्र पाएको छ । यो कम्पनीले एउटा नाउर शिकार गरिसकेको रेन्जर सुवेदीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार