काठमाडौं उपत्यकामा १ हजार ४ सय २८ कोरोना संक्रमित थपिए

22.9k Shares
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय २८ जना कोरोना संक्रमित थपिएका छन् ।
सोमबार संक्रमित पुष्टि हुनेमा ६३० महिला र ७९८ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार १ सय ३६, भक्तपुरमा ९१ र ललितपुरमा २ सय १ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै, नेपालमा थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि छ ।
योसंगै काठमाडौंमा ७३ हजार २ सय ३ जना, ललितपुरमा १० हजार ३ सय ५४ र भक्तपुरमा ६ हजार ५ सय ९८ जना कोरोना संक्रमित पुगेका छन् । काठमाडौंमा होम आइसोलेसनमा रहनेको संख्या ११ हजार ६ सय ५१ ,ललितपुरमा १ हजार ८ सय ३१ र भक्तपुरमा १ हजार ८ सय १४ रहेको छ ।
यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ३६ हजार १ सय ७४ जना छन् भने ९ सय ६७ जना क्वारेन्टाइनमा रहेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय २६ पुगेको छ ।
सम्बन्धित समाचार