हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

1.7k Shares

काठमाण्डौ — हिजो ह्वात्तै बढेको सुनको भाउ आज सामान्य घटेको छ । आज सुन तोलामा २ सय रुपैयाँ घटेर तोलाको ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो कारोबार हुने हप्ताको पहिलो दिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेको थियो । यस्तै आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर ५ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलामा ३ सय ५ रुपैयाँ बढेर ५ हजार ३ सय ४५ रुपैयाँ थियो ।

सम्बन्धित समाचार