ललितपुरको महालक्ष्मीस्थानमा आगलागी

19.7k Shares

ललितपुर । ललितपुरको महालक्ष्मीस्थानमा सोमबार साँझ आगलागी भएको छ ।

आगलागीमा गोदावारी नगरपालिका देविचौर बस्ने ३२ वर्षीय धनरुपा अछामीले संचालन गरेको फेन्सी सु–सेन्टर र यसै ठाउँ बस्ने ६० वर्षीया शान्त लक्ष्मी बज्रचार्यको टेलरमा आगलागी हुँदा फेन्सी सु–सेन्टर र टेलर पूर्णरुपमा जलेर करिब २७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासी, प्रहरी र दमकलको सहयोगमा सोमबार साँझ नै आगलागी नियन्त्रण लिएको थियो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


सम्बन्धित समाचार