एनसेल फाउन्डेसनद्वारा ४४६ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

10.6k Shares

काठमाडौं– एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल)का खेलमा हानिएका प्रत्येक चौकाबापत विद्यार्थीहरूलाई चार वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा अनुसार शैक्षिक सामग्रीहरूको वितरण शुरु गरेको छ । 

कार्यक्रममा मंगलबार लुम्बिनी प्रदेशका तिन विद्यालयहरूमा ४४६ वटा शैक्षिक सामग्री वितरण गरिएको हो ।कम्पनीका अनुसार क्रिकेटदेखि कक्षाकोठासम्मको यो पहलमा एनसेलले एनपीएलका खेलमा हानिने प्रत्येक चौकाबापत चार वटा शैक्षिक सामग्री वितरण गर्ने मंसिरमा घोषणा गरेको थियो । 

एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलकी मार्केटिङ्, कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी अन्तरिम डाईरेक्टर विषाखा लक्ष्मी खड्काले कपिलवस्तु नगरपालिका, वडा १० का श्री राष्ट्रिय माध्यमिक विद्यालय र मदरसा वहरुल उलूमका २६० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन् । 

सोही दिन एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले राप्ति सोनारी गाँउपालिका, वडा ४ मा रहेको श्री बालकशान्ति प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई १८६ शैक्षिक सामग्री वितरण गरेका छन् ।

‘आफ्नो प्रतिबद्धता बमोजिम प्राथमिक तहका विद्यार्थीहरूलाई एनसेल फाउन्डेसनमार्फत विद्यार्थीहरूलाई आवश्यक पर्ने शैक्षिक सामग्रीको सहयोग प्रदान गर्न पाउँदा खुसी छौँ। गुणस्तरीय शिक्षा प्रत्येक बालबालिकाको आधारभूत अधिकार हो । यो पहलले विद्यार्थीहरूलाई शिक्षामा मद्दत गर्ने विश्वास मैले लिएको छु र साथै यसले शैक्षिक स्रोतको अभाव कम गर्न सहयोग गर्दछ,” एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले भने ।

विद्यार्थीहरुले प्राप्त गरेका प्रत्येक शैक्षिक सामग्रीमा शैक्षिक सामग्रीहरू जस्तै स्कुल ब्याग, कापी, सिसा कलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश छन् । 

‘यो एक उत्कृष्ट पहल हो, जसमा शिक्षालाई क्रिकेटसँग जोड्दै एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विद्यार्थीहरूलाई उनीहरूको शिक्षामा सहयोग पुर्‍याउँछ । कपिलवस्तुमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा बच्चाहरूसँग समय बिताउँदै र उनीहरूसँग खुसी बाँड्दै सहभागी हुन पाउँदा म अत्यन्तै खुसी छु,’ क्यानका सचिव पारस खड्काले भने ।

सम्बन्धित समाचार