बालकृष्ण खाँण भर्सेस दीपक बोहोरा, कसले मार्ला बाजी ?

20.3k Shares

रुपन्देही, १ मंसिर । बहालवाला गृहमन्त्री बालकृष्ण खाँणको उम्मेदवारीले रुपन्देही–३ मा मुलुकको ध्यान केन्द्रित छ । यहाँ राप्रपाबाट दीपक बोहरा, नागरिक उन्मुक्तिबाट तुल्सीप्रसाद थारु, राप्रपा नेपालबाट सरस्वाती धोवी धवाल, जनमत पार्टीबाट प्रमोद कुमार राउत, हाम्रो नेपाली पार्टीका प्रख्यात बञ्जाडे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जितबहादुर गुप्ता लगायत उम्मेदवार छन् ।

खाँणलाई माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा, जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टीको सहयोग छ भने राप्रपाका उम्मेदवार बोहरालाई एमाले र जसपाको साथ छ । अन्य उम्मेदवारहरु एक्ला–एक्लै प्रतिस्पर्धामा उत्रिएको अवस्था छ । रुपन्देही–३ मा चुनावी चित्रमा ६ दलीय गठबन्धनका साझा उम्मेदवार खाँण र तीन दलीय गठबन्धनका बोहराबीच मुख्य प्रतिस्पर्धा देखाउँछ ।

रुपन्देही–३ मा सिद्धार्थ नगरपालिका, शुद्धोधन गाउँपालिका, तिलोत्तमा नगरपालिकाका १३ र १४ वडा, बुटवल उपमहानगरका १४, १५, १६, १७, १८ र १९ वडा, सियारी गाउँपालिकाका १, २, ३, ४, ५, ६ र ७, मायादेवी गाउँपालिकाका ७ र ८ तथा ओमसतिया गाउँपालिकाको वडा नम्बर २ पर्दछ ।

यहाँ स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत अनुसार कांग्रेसको ३४ हजार १५३, एमालेको २९ हजार ४८ र राप्रपाको १३ हजार ३९७ मत छ ।

यस्तै, जसपाको ६ हजार १८३, माओवादीको २ हजार ८८१, लोसपाको २ हजार १७४ र एकीकृत समाजवादीको ९७७ मत छ । सत्ता गठबन्धनको मत ४० हजार १६७ पुग्छ भने एमाले–राप्रपा–जसपा गठबन्धनको मत ४८ हजार ६ सय २८ हुन्छ । यस आधारमा खाँणभन्दा बोहरा ७ हजार ८३९ मतले अगाडि छन् । तर रुपन्देही–३ मा स्थानीय निर्वाचनपछि चुनावी नक्सा फेरिएको छ । एमालेका प्रभावशाली नेता घनश्याम भुसाल पार्टी छाडेर सत्ता गठबन्धनको साथमा रुपन्देही–१ बाट

सम्बन्धित समाचार