आज टी-२० विश्वकपमा दुई खेल

16.2k Shares

काठमाडौं । टी-२० क्रिकेट विश्वकपमा मंगलबार दुई खेल हुँदैछ । पहिलो खेलमा बंगलादेश र  दक्षिण अफ्रिका भिड्नेछन् । खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । 

दुवै टोली सेमिफाइनल यात्रा सहज बनाउने दाउमा छन्। समूह-१ बाट इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाइसकेको छ । त्यसैले दुवै टोलीलाई जित अनिवार्य छ । 

समूह-१ मा इंग्ल्यान्ड  शीर्ष स्थानमा छ भने दक्षिण अफ्रिका र अष्ट्रेलिया क्रमश: दोस्रो र तेस्रो स्थानमा  छन्  । यता, श्रीलंका र वेस्ट इन्डिज क्रमश: चौथो र पाँचाैंमा रहँदा बंगलादेश पुछारमा छ । 

 मंगलबारको दोस्रो खेलमा समूह-२ मा रहेका पाकिस्तान र नामिवियाबीच प्रतिस्पर्धा हुनेछ । खेल अबुधावीमा राति पौने आठ बजे सुरु हुनेछ । पाकिस्तान लगातार चार खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने दाउमा हुनेछ । पाकिस्तानले अघिल्ला तीन खेलमा भारत, न्युजिल्यान्ड र अफगानिस्तानलाई हराएको थियो । 

नामिविया भने दोस्रो जितको खोजिमा हुनेछ । नामिवियाकाे दुई खेलबाट एक जितसहित २ अंक छ  ।  समूह-२  मा पाकिस्तान ६ अंकसहित शीर्षस्थानमा हुँदा चार अंकसहित अफगानिस्तान दोस्रो, समान दुई अंकसहित न्युजिल्यान्ड र नामिविया  क्रमशः तेस्रो र चौथो स्थानमा र छन् । लगातार दुई खेलमा पराजय भोगेको भारत र स्कटल्यान्डले अंक जोड्न सकेका छैनन् ।

सम्बन्धित समाचार