कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा सुरु

6.2k Shares

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक सुरु भएको हो । 

बैठकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक गतिविधि, सदनमा पार्टीको तर्फबाट प्रभावकारी प्रस्तुतिका विषयमा छलफल गर्ने एजेन्डा छ । 

पछिल्लो समयमा राजावादीहरूको बढ्दो सक्रियता र त्यसबारे पार्टीको आगामी रणनीतिबारे पनि कुराकानी हुने नेताहरूले बताएका छन् ।

सम्बन्धित समाचार