7.8k
Shares
काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठाकुरीले जलवायुका असरबारे विश्व समुदायको ध्यानाकर्षण गराएका छन् ।
‘जल सुरक्षा, जलवायु, प्रकृति र विकासको अन्तरसम्बन्धमा हुने मन्त्रीस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन संयुक्त अधिराज्य बेलायतको लण्डन पुगेका उनले जलवायुका असरबारे ध्यानाकर्षण गराएका हुन् ।
मन्त्री ठकुरी बेलायतको विदेश, राष्ट्रमण्डल र विकास कार्यालय (एफसिडिओ) द्वारा आयोजित मन्त्रीस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन बिहीबार त्यहाँ पुगेका हुन् ।
उनी बिहीबार साँझै बकिङ्घम दरबारमा राजा चाल्र्स तृतीयद्वारा आयोजित जल र जलवायु स्वागत समारोहमा सहभागी भएको बेलायतस्थित नेपाली दूतावासले जनाएकोछ ।