टी–ट्वान्टी वरीयतामा नेपालको एक स्थान सुधार

18.1k Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसीको टी–ट्वान्टी वरीयतामा एक स्थान सुधार गरेको छ । आईसीसीले आज (सोमबार) सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गर्न सफल भएको हो । 

नयाँ वरीयता अनुसार नेपाल एक स्थान उक्लिदै १३ औं स्थानमा पुगेको छ । यसअघि आईसीसीले सार्वजनिक गरेको वरीयतामा नेपाल १४ औं स्थानमा थियो ।

 आईसीसीको नयाँ वरीयता अनुसार इग्ल्यान्ड शीर्ष स्थानमा यथावत छ । पाकिस्तान दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो स्थानमा रहँदा दक्षिण अफ्रिका पाँचौं स्थानमा रहेको छ । १३औं स्थानमा रहेको स्कटल्यान्ड १४औं स्थानमा झरेको छ । १०औं स्थानमा रहेको आयरल्यान्ड १२औं स्थानमा झरेको छ । 

सम्बन्धित समाचार