काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का नवनिर्वाचित अध्यक्ष कृष्ण अधिकारीले शिक्षासम्बन्धी मुद्दालाई प्रभावकारी ढंगले उठाउने बताएका छन् ।
बुधबार काठमाडौँमा प्याब्सनको नयाँ कार्यसमितिको शपथ ग्रहण तथा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष अधिकारीले विद्यालय शिक्षा ऐनमा निजी विद्यालयका विषय समावेश गर्ने, निजी विद्यालयका सम्पत्तिको सुरक्षा लगायत समग्र शिक्षासम्बन्धी मुद्दालाई प्रभावकारी ढंगले उठाउने बताएका हुन् ।
विद्यालयहरू आजीवन कम्पनीमा रहनुपर्छ भन्ने प्याब्सनको मान्यता रहेको उनले बताए ।
उनले निजी विद्यालयका कारण मुलुकको शिक्षा क्षेत्र राम्रो हुँदै गएको भन्दै देशभरका निजी विद्यालयलाई असल विद्यालयको रूपमा स्थापित गर्ने गरि अघि बढ्ने उल्लेख गरे ।