5.7k
Shares
कल्याणपुर (सप्तरी) । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा वडाध्यक्षको घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष शत्रुधन मण्डलको घरमा शनिबार राति आगलागी हुँदा आठ लाख ७८ हजार बराबरको धनमाल जलेर नष्ट भएको हो ।
आगलागीमा भैंसी, पाडी, बाख्रा–खसी ९ वटा जलेर मरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सुरेन्द्र नेपालीले जानकारी दिनुभयो ।
आगलागीबाट वडाध्यक्ष मण्डलको जस्ताले छाएको फुसको सुत्ने घरमा आचानक आगलगी हुँदा नजिकै रहेको गोठ घरमा आगोले घर पुर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगो स्थानीय र नेपाल प्रहरीको सहयोगमा लियन्त्रणमा लिएको थियो ।