काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ०९ पैसा र बिक्रीदर १३९ रुपियाँ ६९ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिदर १५० रुपियाँ ०२ पैसा र बिक्रीदर १५० रुपियाँ ६६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपियाँ ०४ पैसा र बिक्रीदर १७९ रुपियाँ ८१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रुपियाँ ९० पैसा र बिक्रीदर १५७ रुपियाँ ५७ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ९४ पैसा र बिक्रीदर ८८ रुपियाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपियाँ ८३ पैसा र बिक्रीदर ९७ रुपियाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ ३२ पैसा र बिक्रीदर १०४ रुपियाँ ७७ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिदर नौ रुपियाँ ४० पैसा र बिक्रीदर नौ रुपियाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ २० पैसा र बिक्रीदर १९ रुपियाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ०८ पैसा र बिक्रीदर ३७ रुपियाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ १६ पैसा र बिक्रीदर ३८ रुपियाँ ३३ पैसा कायम भएको छ।