कञ्चनपुरमा कृषिमा यान्त्रिकीकरणले व्यावसायिक खेती गर्ने बढ्दै

9.5k Shares

कञ्चनपुर – कृषिमा यान्त्रिकीकरण हुन थालेपछि कञ्चनपुरमा व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या बढ्न थालेको छ ।

खेत जोत्नका लागि आधुनिक ट्र्याक्टर, पावर टिलर, मिनी टिलरलगायतको प्रयोग हुन थालेपछि युवाहरूको आकर्षण कृषितर्फ बढ्न थालेको हो । कृषिमा यान्त्रिकीकरणलाई बढावा दिन प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ ।

कृषि यान्त्रिकीकरणले कार्यबोझ घटाउने, थोरै समयमा धेरै कार्य गर्न सकिने, लागत खर्च घट्ने, जमिनको उत्पादकत्व बढाउने, जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउने भएकाले यसतर्फ किसानको आकर्षण बढ्दै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कञ्चनपुरका प्रमुख सञ्जु उपाध्याय रिमालले बताउनुभयो ।

किसानलाई सरकारी तवरबाट आधा मूल्यमै अनुदानमा कृषि उपकरण तथा औजार उपलब्ध गराउने व्यवस्था भएसँगै निकै सहज रूपमा कृषिजन्य काम गर्न सकिएको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार