जलेश्वरनाथ मन्दिरमा महाशिवरात्रिको भव्य तयारी

7.2k Shares

जलेश्वर– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवको स्थापना ‘जलेश्वरो महालिङ्ग रुद्रेन स्थापित स्वयम्’ लेखिएको जलेश्वरनाथ महादेव मन्दिरमा महाशिवरात्रिको पूजाको लागि भव्य तयारी गरिएको छ । 

नेपालीहरूको आराध्यदेव महादेवले स्वयं गरेको यस महालिङ्गको पूजाअर्चना र दर्शनका लागि यस महाशिवरात्रिमा विशेष तयारी भइरहेको महाशिवरात्रि समितिका पूजा समारोह समितिका अध्यक्ष जितेन्द्र साहले बताए ।

जमिनको सतहदेखि १६ सिँढी (भर्‍याङ) मुनि २४ घण्टा जलभित्र विराजमान रहने बाबा जलेश्वरनाथ महादेवको पूजाअर्चना र दर्शनको लागि पूजा समितिले विशेष व्यवस्था मिलाएको छ । 

मन्दिरको प्राङ्गणमा रहेको महादेव, पार्वती, गणेश, हनुमानसहित अन्य  सम्पूर्ण देवीदेवताको मन्दिर र सबै देवीदेवतालाई यस पटक विभिन्न रङले रङ्गरोगन गरिएको छ भने चारैतिर रङ्गीचङ्गी तोरन र सजावटका सरसामानहरू लगाइएको छ । 

सम्बन्धित समाचार