9.9k
Shares
काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अहिले दैनिक एक जनाले २० ग्राम नुन खान थालेको बताएका छन्।
सोमबार नेपाल प्रेस सोसाइटीमा पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘धेरै नुन खानाले शरीर रोग उत्पादनको घर बन्ने भयो । थाइराइडले समात्यो भनेर हिजोआज मैले यस्तै यस्तै कार्यक्रममा सुन्ने गरेको छु। एक व्यक्तिलाई दैनिक ५ ग्राम मात्र नुन भए पुग्नेमा २० ग्रामसम्म खान थालेकोले रोग बढ्न थालेको हो।’
महर्जनले नुनको विषयमा जनचेतनाको अभावकै कारण आम मानिसले आवश्यकताभन्दा बढी नुन खाइरहेको बताए । उनले भने, ‘साल्ट ट्रेडिङले नुनको विषयमा जनचेतनामूलक कार्यक्रमहरू बढी गर्नुपर्ने आवश्यकता छ।’