लुम्बिनी कप : नेपालगन्ज रंगशालामा तयारी पुरा

10.1k Shares

नेपालगन्ज । फागुन १९ गतेदेखि नेपालगन्ज रंगशालामा हुने अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताका लागि रंगशालाको मर्मतसम्भार र सरसफाइ गरेर तयार पारिएको छ । 

प्रतियोगिताको अन्य तयारीसँगै रंगशालाको सरसफाइदेखि सामान्य मर्मतसम्भार र मैदानलाई तयार गर्ने कार्य पुरा गरिएको प्रतियोगिता आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनुभयो।

प्रमुख कार्यकारी शाहका अनुसार प्रतियोगिताका लागि रंगशालाको प्याराफिटको मर्मतसम्भार, रंगरोगन, विद्युतिकरणमा सुधार, सरसफाई लगायतका कामलाई तिव्रता दिइएको छ । 

बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले आयोजना गर्ने लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा नेपाल र भारतका गरी आठ टीमको सहभागिता हुनेछ । 

लामो समयपछि रंगशालामा कुनै ठुलो प्रतियोगिता हुन लागेकोले स्थानीय फुटबल खेलाडीमा अत्यधिक उत्साह देखिएको एन्फा बाँकेका अध्यक्ष भोजराज शाहीले बताउनुभयो । 

सम्बन्धित समाचार