बेनी नगरपालिकामा गौरवका योजना कार्यान्वयन

8.3k Shares

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१-८२ मा १२ गौरवका आयोजना कार्यान्वयन गरेको छ । 

सडक, पर्यटन, कृषि र शैक्षिक संस्थाका पूर्वाधार निर्माण सम्बन्धी नौ करोड ४७ लाख बजेट विनियोजन भएका दुई वटा सम्पन्न, चार वटा निर्माणाधीन र तीन वटा ठेक्का प्रक्रियामा रहेका नगरपालिकाले जनाएको छ । थप तीन वटा योजनाको ठेक्का आव्हानको तयारीमा छन् । 

बेनी नगरपालिकाका इन्जिनियर सुदिप गौतमले २५ लाख बजेट विनियोजन भएको बेनी–लभ्लिहिल–ज्यामरुकोट सडक स्तरोन्नति र ३० लाख ५० हजार बजेटको कालिपुल कृषि भवनको ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले काम सम्पन्न गरिसकेका बताए। 

सम्बन्धित समाचार