बजेट खर्च गर्न प्रदेश सरकारहरु पनि कमजोर

13.1k Shares

काठमाण्डौ – प्रदेश सरकारहरु पनि बजेट खर्च गर्न कमजोर नै देखिएका छन् । आफ्नो मौलिकतामा नभई सङ्घीय सरकारको सिको गर्दै स्रोतको सही अनुमान नगरी बजेट ल्याएका प्रदेश सरकारहरुले चालु आर्थिक वर्ष सकिन पाँच महिना पनि बाँकी नरहेको अवस्थामा आफैँले ल्याएको बजेटको ठूलो हिस्सा खर्च गर्न सकेका छैनन् ।

चालु आर्थिक वर्षको ६ महिनामा कुनै पनि प्रदेशले कुल बजेटको ३० प्रतिशत बजेट खर्च गरेका छैनन् । सात प्रदेशमध्ये बजेट खर्च गर्न सबैभन्दा कमजोर रहेको मधेस सरकार हो ।

सम्बन्धित समाचार