स्थानीय तहमा भ्रष्टाचार बढेको बढ्यै

20.3k Shares

काठमाडौं । स्थानीय तहमा भए गरेका विकास निर्माण कार्यमा कागजी प्रक्रिया मिलाएर भ्रष्टाचार गर्ने क्रम बढेको छ। फिल्डमा गरेका कार्यको तुलनामा बढी काम गरेको कागजी प्रतिवेदन तयार गरी राज्यलाई गैरकानुनी हानी पुर्‍याउने क्रम बढेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० दिनयता विशेष अदालतमा दायर गरेका मुद्दामध्ये अत्यधिक संख्या स्थानीय तहसँग सम्बन्धित रहेको पाइएको छ। आयोगले दुई सातायता स्थानीय तहसँग सम्बन्धित ९ वटा मुद्दा विशेष अदालतमा दायर गरेको थियो।

आयोगले दायर गरिएका मुद्दाहरूमा धनुषाको सहिदनगर नगरपालिकाले स्यानिटरी प्याड खरिद गर्दा, हुम्लाको चंखेलीगाउ“पालिका वडा नं. ३ स्थित मेलादेखि बासलधारा सम्मको बाटो निर्माणका कार्य, सुर्खेतको सिम्तागाउ“पालिका वडा नं. ५ स्थित आलीभन्ने स्थानमा निर्माण भएको हाइटेक नर्सरी बनाउने कार्य रहेका छन्।

त्यसै गरी महोत्तरीको सम्सी गाउ“पालिका वडा नं. ६ मा सञ्चालन भएका इसरानको घरदेखि पूर्व मोहनपुर जाने बाटोको ढलान, दोलखाको तामाकोशी गाउ“पालिका वडा नं. ३ जफे जामुनेमा सभाहल तथा शौचालय निर्माण र हुम्लाको चंखेली गाउँपालिका वडा नं. ३ स्थित ब्याफु खानेपानी मर्मत योजनामा अनियमितता भएको छानबिन गरी मुद्दा दायर गरिएको थियो ।

सल्यानको शारदा नगरपालिका वडा नं. ३ मा मृत्यु भइसकेको मानिसको नाममा वृद्धभत्ता वितरण र बाराको पचरौ तानगरपालिका वडा नं. ४ बाटोमा सिफारिसमा राजस्व छली भएको विषयमा पनि अख्तियारद्वारा मुद्दा दायर गरिएको थियो । यसबीचमा दायर आठ वटा मुद्दामध्ये तीन वटा घुस लिने क्रममा पक्राउ परेको (स्टिङ अपरेसन) र बाँकी पाँचवटा जिल्ला प्राविधिक कार्यालय मुगु, एक गैर कानुनी व्यापार व्यवसाय गरेको, डिभिजन वन कार्यालय, एक शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र, सघन सहकारी कार्यालय तथा भवन निर्माण कार्यालय राजविराजविरुद्ध रहेका छन् ।

आयोगका अनुसार स्थानीय तहमा हुने भ्रष्टाचार वा गैरकानुनी हानी जनप्रतिनिधि, कर्मचारीतन्त्र र उपभोक्ता समितिको मिलेमतोमा हुने गरेको छ । योजना सञ्चालन गर्ने क्रममा उपभोक्तासंग मिलेमतो गरी प्राविधिक कर्मचारीले फिल्डमा गरेका कामभन्दा बढी काम भएको प्रतिवेदन बनाउने, त्यसलाई प्रमुख प्रशासकीय अधिकृतले सदर गरी लेखाका कर्मचारीको मिलेमतोमा रकम निकासा गरी भ्रष्टाचार गर्ने गरेको पाइएको आयोगले जनाएको छ । आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार