गजेन्द्रनरायण सिंह अस्पतालमा नवजात शिशुको शव फेला

6.5k Shares

कल्याणपुर (सप्तरी) । गजेन्द्रनरायण सिंह अस्पताल राजविराजमा बुधबार कुकुरले भर्खरै जन्मेको नवजात शिशु मुखमा लिएर अस्पताल प्राङ्गणमा घुमिरहेका भेटिएको छ ।

मृत अवस्थामा पुर्ण विकसित शरिर नभएको नवजात शिशुलाई कुकुरले बोकेर अस्तपातलको प्राङ्गनमा घुमिरहेको पाईएको हो ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर दिलिप साहले पुर्णरुपमा शरिर विकसित नभएको शिशुको शव फेला परेको जानकारी दिनुभयो । 

अस्पतालमा देखेका प्रत्यक्षदर्शीहरुले कुकुरलाई घेराउ गरी पोषण पुनस्र्थापना केन्द्रको पछाडि राखेर प्रहरीलाई खवर गरेका थिए । शिशु कसको हो भन्ने कुरा खुल्न सकेको छैन । यसबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सम्बन्धित समाचार