यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

8.7k Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रुपियाँ ४३ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपियाँ २७ पैसा र बिक्रीदर एक सय ४५ रुपियाँ ९० पैसा निर्धारण गरिएको छ।

युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपियाँ ९५ पैसा र बिक्रीदर एक सय ७५ रुपियाँ ७१ पैसा कायम गरिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रुपियाँ ९८ पैसा र बिक्रीदर एक सय ५४ रुपियाँ ६५ पैसा तय गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ २६ पैसा र बिक्रीदर ८८ रुपियाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ८९ पैसा र बिक्रीदर ९८ रुपियाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपियाँ ४७ पैसा र बिक्रीदर एक सय तीन रुपियाँ ९१ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ १५ पैसा र बिक्रीदर नौ रुपियाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०७ पैसा र बिक्रीदर १९ रुपियाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ०२ पैसा र बिक्रीदर ३७ रुपियाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ०९ पैसा र बिक्रीदर ३८ रुपियाँ २५ पैसा कायम भएको छ।

सम्बन्धित समाचार