जोन म्याकफल विश्वको पहिलो अपाङ्गता भएका अन्तरिक्ष यात्री बन्ने

8.8k Shares

काठमाडौं– जोन म्याकफल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन मिशनको लागि अनुमोदन प्राप्त गर्ने विश्वको पहिलो अपाङ्गता भएका अन्तरिक्ष यात्री बन्ने भएका छन् ।

युरोपेली अन्तरिक्ष एजेन्सीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा मिसनका लागि विश्वको पहिलो अपाङ्गता भएका अन्तरिक्ष यात्रीलाई अनुमोदन गरेको छ। युरोपेली अन्तरिक्ष एजेन्सीले शुक्रबार यो घोषणा गरेको हो ।

युरोपेली स्पेस एजेन्सी (इएसए) ले २०२२ मा नै यसका लागि प्रयास सुरु गरेको थियो । वास्तवमा, इएसए पारा–एस्ट्रोनटहरूको लागि टेक्नोलोजी विकास गरिरहेको थियो र विश्वलाई सन्देश दिन चाहन्थ्यो कि ‘स्पेस सबैका लागि हो ।’

अपाङ्गता भएका पहिलो अन्तरिक्ष यात्री जोन म्याकफल ४८  वर्षका छन्, जो एक एक ब्रिटिश सर्जन र पूर्व प्यारालिम्पियन हुन्। जोन म्याकफलले १९ वर्षको उमेरमा मोटरसाइकल दुर्घटनामा आफ्नो एउटा खुट्टा गुमाएका थिए । यो बाधा पार गरेर यो चरणमा पुग्न पाउँदा निकै गर्व लागेको उनले बताएका छन् ।

सम्बन्धित समाचार