भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

11k Shares

भोजपुर– रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् ।

जिल्लामा रुद्राक्षबाट १५ देखि २० करोडको हारहारीमा रकम भित्रने रुद्राक्ष व्यवसायी  सङ्घका सचिव उत्तम कटुवालले जानकारी दिए । बजारमा मुखद्धार दानाको मूल्य राम्रो रहेको सचिव कटुवालले बताए । २१ मुखे मुखद्वार एउटा दाना २० लाखदेखि ६० लाखसम्ममा बिक्री हुने गरेको उनको भनाइ छ । उनले मुखद्धार बाहेकका दानाको भने मूल्य कम रहेको बताए ।

‘मुखद्वार रुद्राक्षको बजार मूल्य निकै राम्रो छ’ सचिव कटुवालले  भने, ‘मुखद्वार दानाको मूल्य आकारको आधारमा निर्धारण हुन्छ । एकाइस मुखेदाना २० देखी ६० लाखसम्ममा बिक्री हुन्छ । जिल्लामा रुद्राक्षबाट १५ देखि २० करोडको हाराहारीमा रकम भित्रिन्छ ।’ आठदेखि २९ मुखसम्म भएको दानालाई मुखद्वार भनिन्छ । बजारमा सबै भन्दा बढी २१ मुखे दानाको माग रहेको छ । सचिव कटुवालका अनुसार आठ मुखे, बाह्र मुखे मुखद्वार दाना आकारको आधारमा एक हजार पाँच सयदेखि पाँच हजारसम्म बिक्री हुने गरेको छ ।

त्यस्तै १३ मुखे पाँच हजारदेखि १५ हजारसम्म, १४ र १५ मुखे दाना आकारको आधारमा दश  हजारदेखि ५० हजारसम्म, १६ मुखे ५० हजार एक लाखसम्म, १७ मुखे ७० हजारदेखि दुई लाखसम्म, १८ मुखे ढेडलाखदेखि चारलाखसम्म र २१ मुखेलाई २० लाख ६० लाखसम्म पर्दछ । विगतमा बिक्री हुने पाँच र छ मुखे दानाको भने बजारमा माग नरहेको उनले जानकारी दिए । दाना राम्रो बनाउने बहनामा किसानले औषधिको प्रयोग गर्ने गरेकाले रूख मर्ने समस्या देखिएको उनको भनाइ छ ।

सम्बन्धित समाचार