दक्षिणकाली मन्दिरको महिमा

23.6k Shares

रामहरि थापा

दक्षिणकाली मन्दिर काठमाडौँबाट दक्षिणमा राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो । यो फर्पिङको ऐतिहासिक महत्वले भरिपूर्ण मन्दिर हो । चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ । यो मन्दिरमा कालीको मूर्ति बाहेक अन्य देवी देवताको मूर्ति पनि छन् ।

dachinkali 1.jpg
यहाँ केवल एक मन्दिर मात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्म पनि छ । राजाहरू पनि यहाँ बर्षेनि वैशाखमा आफ्नो कुलायन देबिको देवाली मनाउन आउँछन् । यो शान्त वातावरणमा रमेको छ । त्यहाँ पर्यटन व्यवसाय पनि फस्टाउन सक्छ । यो मन्दिरमा बर्षेनि लाखौ लाख भक्तजन आफ्नो मनोकामना पूरा गर्न आउँछन् । मूलतः दशैंको बेला यहाँ विशेष मेला लाग्छ । दशैंको नवरात्रीमा यहाँ कैयौँ भक्तजनहरू राँगो, बोका, हाँस कुखुराको बलि दिन्छन् । यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोणले धनी छ ।

dachinkali 2.jpg
धार्मिक किम्वदन्ती अनुसार दक्षेप्रजापतिको तेतिसकोटी कन्या मध्ये एक दक्षिणकाली हुन् । उनि जङ्गलको मध्ये भागमा गोरखनाथ डाँडामा शिला भएर बसेकी थिइन् । १८२५ मा प्रताप मल्ललाई सपनामा दक्षिणकाली आफू दक्षिणकाली भएको र फर्पिङदेखि माथि नगरचो डाँडाँको शिलामा रहेको बताईन् । राजाले त्यस बेलाको सपनाको कुराको कुनै ख्याल नराखेपछि दरबारकै एक कन्यालाई दक्षिणकाली प्रकट भई आफू बसेको स्थान र पुजाआजाको बारेमा बिस्तृत जानकारी गराएकी थिइन । त्यसपछि राजा प्रताप मल्लद्वारा तान्त्रिक गुरु लम्कर्ण भट्टको सहयोगमा प्राचिन दक्षिणकालीको शिला भएको ठाउँमा आइ बिधिपूर्वक पूजाआजा गराए । राजाले भूषाकर्ण नामका दुई राक्षस उत्पन्न गराई सपना अनुसारको काम गर्न आदेश दिए । सपना अनुसर दक्षिणकाली र उनको गणसहित एक रातमा बोकी त्यस ठाउँबाट दक्षिणतर्फको दूइ नदिको शिरभागमा दक्षिणकाली माताको मन्दिर भएको ठाउँमा उक्त शिला लगेर राखियो त्यसै क्रममा कूमारीलाई अहिलेको कूमारी मन्दिर भएको स्थानमा स्थापना गरीयो । गणेशलाई भने लैजाने क्रममा बिहान पौचो डाँडामा भालेबासेपछि बिसाएर सोहि ठाउँमा सिद्वि गराइएको थियो ।

dachinkali.jpg
त्यसपछि दक्षिणकालीको मन्दिर जङ्गलको बिचमा डाँडाको टुप्पोमा गुफा भित्र राखिएकाले उक्त स्थलमा मानिसहरु नजाने र गएका मानिसहरु पनि पछिल्लो मानिस चाई नफर्कने भन्ने कुरा वाहिर आयो । त्यसपछि प्रताप मल्ले नै गुरु लम्बकर्ण भट्टलाई दक्षिणकालीलाई तान्त्रिक बिधिद्वारा निष्तेज गर्न लगाई हालको दक्षिणकाली माताको शिलामूनि घोप्टो पारिमाथि पट्टी ठूलो शिलाले छोपी कालीको मुखाकृति बनाई अगाडि भैरवसमेत राखि स्थापना गराइयो ।
त्यसपछि प्रताप मल्लले दक्षिणकालिको सेतो सिंहमरमरको मूर्ति बनाउन लगाएका थिए । मूर्तिमा प्राण प्रतिष्ठापछि निकै नै शक्तिशाली हुने तान्त्रिकहरुले बताएका थिए । राजा प्रताप मल्लले सिंहहरु पनि स्थापना गराए । राजाले पून कालो पत्थरको मूर्ति बनाउन लगाई पूर्णावती समेत गरियो । उध्दारवती गंगाको दोभानमा स्थापना गराएका थिए । उनले अष्टमात्रिका सहित पुजाआजा चढाउँदै आए त्यसपछि बिस्तारै भक्तजनहरु पुजाआजा गर्ण जानेक्रम बड्दै गएको धार्मिक विश्वास रहेको छ ।
पहिले—पहिले यो मन्दिरमा देवीको मुर्तिको मुखमै नरिवल फुटाइने गरेकाले देवीका मुखाकृति केही बिग्रिएको देख्न सकिन्छ।अहिले भने भित्र फोटो पनि खिच्नपनि पाइदैन । मन्दिर वेवास्थामा मने राम्रो सुधार भएको पइन्छ । यसको आधार भनेको  धार्मिक ग्रन्थको सहयोग हो ।

सम्बन्धित समाचार