कमलपोखरी ग्यास विस्फोट घटना : थप एक जनाको ज्यान गयो, ज्यान गुमाउनेको सङ्ख्या ४ पुग्यो

10.1k Shares

काठमाण्डौ – कमलपोखरीमा रहेको शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएकामध्ये थप एक जनाको ज्यान गएको छ । काभ्रेको बेथानचोक गाउँपालिका धुनखर्क घर भइ काठमाण्डौको कमलपोखरी बस्दै आएका २५ वर्षीय छिरिङ लामाको उपचारका क्रममा गएराति ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

योसँगै कमलपोखरीमा भएको ग्यास सिलिन्डर विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनालगत्तै ११ जना गम्भीर घाइते भएका थिए ।

तीमध्ये यसअघि उदयपुरको उदयपुरगढीका प्रदीप तामाङ, उदयपुरकै कटारी नगरपालिकाका भीमबहादुर घलेमगर र मकवानपुरको मनहरी गाउँपालिकाका रबिन राईको उपचारका क्रममा ज्यान गएको थियो । अरू घाइतेको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार