उपप्रधानमन्त्री पौडेल थप उपचार निम्ति कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना

10.9k Shares

काठमाडौं‌ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटलमा भर्ना गरिएको छ ।

पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा हाइड्रोजन ग्यास भरिएको बेलुन उडाउन खोज्दा आगलागी भइ मन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए ।

घाइते भएका दुबैलाई पोखरामा प्राथमिक उपचार गरी थप उपचार निम्ति हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।

सम्बन्धित समाचार