ठगीको आरोपमा सिरहाबाट प्रधानाध्यापक पक्राउ

16k Shares

राजविराज – सिरहामा ठगी आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्।

चन्द्र नमुना माध्यमिक विद्यालय सिरहाका प्रधानाध्यापक रहेका सिरहा नगरपालिका–७ घर भएका मधुसुदन कर्णलाई सोमबार ठगीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

सिरहा नगरपालिका–८ का रोशनकुमार यादवले सञ्चालन गरेको नेपाल आइरन स्टोर एन्ड जनरल सप्लायर्सबाट विद्यालयमा निर्माण कार्यका लागि भन्दै १७ लाख ४ हजार ५ सय ८१ रुपैयाँ ४ पैसाबराबरको निर्माण सामग्री लिएको तर पैसा नदिएर ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार