संस्थागत क्षमता स्वमूल्यांकनमा मधेशका स्थानीय तह कमजोर, ठोरी पहिलो

7.7k Shares

जनकपुरधाम । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा मधेश प्रदेशको नतिजा कमजोर देखिएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ स्थानीय तहको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा पालिकाहरू कमजोर देखिएको हुन् ।

पाँचवटा बाहेक १२९ पालिकाले ६० अंक समेत कटाउन सकेको छैन । मधेशको १३६ पालकिामध्ये पर्साको ठोरी (सुवर्ण) गाउँपालिका प्रथम भएको छ । उसले ७१.२ अंक प्राप्त गरेर प्रदेशमै प्रथम भएको हो ।

यस्तै पर्साकै पटेर्वाकै सुगौली गाउँपालिका ६३.५ अंकसहित दोस्रो भएको छ । त्यस्तै ६२.४ अंकसहित बाराको प्रसौनी गाउँपालिका तेस्रो र ६२.१ अंकसहित रौतहटको गौर नगरपालिका चौथो भएको छ ।

यस्तै ६१.५ अंकसहित बाराको परवानीपुर गाउँपालिका ६१.५ अंकसहित पाँचौँ भएको छ । अन्य पालिकाहरूले ६० भन्दा माथि अंक ल्याउन सकेको छैनन् ।

सम्बन्धित समाचार