बनेपामा बोलेरो दुर्घटना, एकको मृत्यु

18.2k Shares

बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिकाको छेडा जाँदै गरेको बोलेरो भुम्लु गाउँपालिका–५ कालोभिरस्थित जामुने खोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार राति दोलालघाटबाट चौरीदेउरालीतर्फ जाँदै गरेको बा२१च ९२१० नं को कुखुराको दाना बोकेको बोलेरो गाडी दुघर्टना भएको हो ।
सो घटनामा परी बोलेरो चालक चौरीदेउराली गाउँपालिका–४ बस्ने वर्ष ४९ का कमल श्रेष्ठ घाइते भई उपचारको लागि धुलिखेल अस्पताल ल्याइएकोमा आज बिहान निधन भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार