8.7k
Shares
काठमाडौँ । रास्वपा सांसद शिशिर खनालले नेपाल सरकारले झन्डै १० वर्ष अघि कुवेतमा महिलाहरूलाई घरेलु कामदारको रूपमा पठाउन प्रतिबन्ध लगाए पनि अहिले त्यहाँ काम गर्ने नेपाली महिलाहरूको सङ्ख्या दुई गुणाले बढेर ५० हजार जना जति पुगेको बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै उनले एकातिर नेपालले प्रतिबन्ध लगाउने अर्कोतिर स्थापित नीतिलाई खिल्ली उडाउने गरी कुवेतमा बढेको यो सङ्ख्याले नेपालको वैदेशिक सम्बन्ध र कूटनैतिक क्षमता स्खलित भएको स्पष्ट देखिने बताए ।