विभिन्न हातहतियारसँग दुई जना पक्राउ

15.4k Shares

काठमाडौंँ ।  पाथिभरा याङवरक गाउँपालिका-१ त्रिवेणी भन्ने जङ्गलबाट विभिन्न हातहतियार बरामद भएको छ । हतियारसहित सोही गाउँपालिका-१ सेसम्बु बस्ने २४ वर्षीय मौसम खिमदिमसमेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 
    
विशेष सूचनाका आधारमा प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरीले उनीहरूलाई दुई नाले भरुवा बन्दुक १ थान,  एक नाले भरुवा बन्दुक १ थान, खुकुरी १ थान, मृगको सिङबाट बनेको गुलेली १ थान, मारेको कालिज १ वटा र भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न सामाग्रीहरूसहित पक्राउ गरेको हो । 

सम्बन्धित समाचार