7.2k
Shares
जनकपुरधाम- नेकपा (माओवादी केन्द्र) का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान नै खारेज गर्न खोजिरहेको आरोप लगाएका छन् ।
सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै दाहालले प्रधानमन्त्री ओली संविधान खारेज भएर परिवर्तनको उपलब्धि बर्बाद होस् भन्ने पक्षमा रहेको बताएका हुन् ।
‘उहाँ (ओली) ले त आन्दोलनबाट प्राप्त परिवर्तनका सबै उपलब्धि बर्बाद होस्, संविधान नै खारेज होस् भन्ने चाहनु भएको छ’, दाहालले भने ।
ओलीले अघिल्लो कार्यकालमा दुई/दुई पटक संसद् विघटन गर्नुको तात्पर्य पनि संविधान खारेजी रहेको उनले जिकिर गरे ।