बिजलपुरा (महोत्तरी । महोत्तरीको उत्तरी क्षेत्रका किसानहरु रातभर जाग्राम बसेर वन्य जन्तुबाट बालीनाली जोगाउन पहरा दिन्छन् । बर्दिबास नगरपालिका–९, पशुपतिनगरका ६६ वर्षीय रामबावु मण्डलको दिनको चेन र रातको निन्द्रा हराएको छ ।
पुस र माघको जाडो होस् की वैशाख–जेठको उखरमाउलो गर्मी उहाँ खेतमै छाप्रो बनाएर राताभर जाग्राम बस्नुहुन्छ । जङ्गली जनावरहरुले बनलीनाली खाएर सखाप पारिदिने गरेको छ । जङ्गली जनावर धपाउन उहाँ माघको शितलहरमा रातभरी जाग्राम बस्नुहुन्छ ।
यो समस्या रामबावुको मात्र होइन, मधेशका लाखौं किसानहरुको साझा समस्या हो । चुरे क्षेत्रको वन जंगल नष्ट भएपछि जङ्गली जीवजन्तुहरु निलगाई, बँदेल, हात्तिहरु खेतबारीमा पसेको छ । बासस्थान खोज्दै उनीहरु गाउँमा पनि भौतारिने गरेको किसान मण्डल बताउनुहुन्छ ।